Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

संविधान दिवस : विरोध कार्यक्रमको भव्य तयारीमा जुट्यो राजपा नेपाल शीर्ष नेतासहित मन्त्रीलाई जिल्लाजिल्लामा परिचालन

सरकारले संविधान जारी भएको दिन ३ असोजमा संविधान दिवस मनाउन भव्य तयारी गरिरहेका बेला राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा नेपाल० ले सोही दिन विरोधसभाका लागि अध्यक्ष मण्डलका नेता एवं प्रदेश २ का मन्त्रीहरूलाई विभिन्न जिल्लामा परिचालन गर्ने निर्णय गरेको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बिहीबार बबरमहलस्थित पार्टी कार्यालयमा बसेको बैठकले ३ असोजमा विरोधसभा गर्ने र त्यसमा अध्यक्ष मण्डलका सदस्यसहित प्रदेश २ का मन्त्रीलाई सम्बोधन एवं तयारीका लागि परिचालन गर्ने निर्णय गरेको हो ।

३ असोजमा सबै जिल्लामा दिउँसो विरोध प्रदर्शनका साथै विरोधसभा गर्ने, सोही दिन साझ ७ देखि सवा ७ बजेसम्म ब्ल्याक आउट ९बत्ती निभाउने० लगायतका विरोध कार्यक्रम गर्न राजपाले जिल्ला कमिटीलाई विशेष निर्देशन दिँदै त्यसको तयारीमा जुटन सर्कुलरसमेत जारी गरेको छ । यसका साथै जिल्लाले विरोधका थप कार्यक्रम आफैं तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालको आन्तरिक तयारी छ ।

राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लगाइएका झूटा मुद्दा फिर्ता, सांसद रेशम चौधरीको रिहाइलगायत माग सम्बोधनका लागि विरोध कार्यक्रम गर्न लागिएको बताए ।

‘हामीले पटकपटक आन्दोलनका साथै माग सम्बोधनका लागि सरकारलाई आग्रह गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलनकै रूपमा विरोधका कार्यक्रम गर्न बाध्य भयौं,’ झाले भने, ‘यो पनि हाम्रो आन्दोलनकै अर्को रूप हो, हामी अझै भनिरहेका छौं, संविधानका त्रुटि सच्याउँदै अन्य माग पनि सम्बोधन गरौं ।’

माग सुनुवाइ नभएपछि बाध्य भई विरोधका कार्यक्रम गर्न लागिएको उनले प्रस्ट पारे । पार्टीको कार्यक्रम सबै जिल्लामा हुने उनले बताए । त्यसका लागि केन्द्रबाट शिर्ष नेताका साथै प्रदेश २ का मन्त्रीहरुलाई बिशेष जिम्मेवारी दिएर जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय भएको नेता झाले बताए ।

जिल्लाहरुमा हुने बिरोध कार्यक्रमका तयारी, बिरोध प्रदर्शन तथा बिरोधसभालाई सम्बोधनका लागि अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बारा र पर्सा पुग्नेछन् । अध्यक्ष मण्डलका सदस्यद्ध राजेन्द्र महतो र अनिलकुमार झा बाँके र बर्दिया तथा कैलाली र कञ्चनपुरमा पुग्नेछन् ।

यसैगरी अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादव नवलपरासी, रुपन्देही र कपिलबस्तुमा, अर्का नेता शरतसिंह भण्डारी झापामा, नेता राजकिशोर यादव मोरंग र सुन्सरीमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले प्रदेश २ का मन्त्रीहरुलाई पनि जिल्लामा परिचालन गर्ने निर्णय गरेको छ ।

भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनल सप्तरी, उधोग, पर्यटन, वन, पर्यावरण तथा संस्कृति मन्त्री रामनरेश राय सिराहा, सामाजिक बिकास मन्त्री नवलकिशोर साह धनुषा, भौतिक पुर्वाधार बिकास राज्यमन्त्री डा। डिम्पल झा महोतरी, सामाजिक बिकास राज्यमन्त्री अभिराम शर्मा सर्लाही र उधोग, पर्यटन, वन, पर्यावरण तथा संस्कृति राज्यमन्त्री सुरेश मण्डललाई रौतहटमा बिरोध कार्यक्रमका लागि परिचालन गरिने पार्टीले निर्णय गरेको छ ।

संबिधान दिवस सरकारले मनाउँदै गर्दा राजपा नेपालका शिर्ष नेता, मन्त्री एवं निर्वाचित स्थानीय तहका प्रमुखहरुसहित भव्य रुपमा बिरोध सभा गरिने राजपा नेपालका महासचिव अजय गुप्ताले बताए ।

यसैगरी बैठकले पार्टीको विधान २०७४ लाई संशोधन गर्दै महाधिबेशनको तयारीमा जुटेको छ । ७, ८ र ९ बैशाख २०७६ मा पार्टीको पहिलो एकता महाधिबेशन गर्ने निर्णय पार्टीले गरिसकेको छ ।

पार्टीको बिधान संशोधन गर्दै नया साधारण सदस्यता बितरण एवं नविकरण र सक्रिय सदस्यताको फारम भर्न आउँदो मंसिर सम्ममा सकिन पार्टीले तल्लो कमिटीलाई निर्देशन गरेको छ ।

यसैगरी बितरित र नविकरण गरिएका साधारण सदस्यताको अधकट्टी सहितको सूची र सक्रिय सदस्यता फारम सहितको ५ मंसीरसम्ममा पार्टी केन्द्रिय कार्यालयमा बुझाउँन बैठकले निर्णय गरेको छ ।

पार्टी सम्बद्ध १० असोज सम्ममा बर्गिय संगठनको केन्द्रिय नेतृत्वको बैठक गरी समायोजन गर्ने सम्पन्न गर्न समेत तयारी गरेको छ । ७ बैशाख २०७४ मा बिभिन्न ६ पार्टी बीचमा एकिकरण भई राजपा नेपालको घोषणा गरिए पनि वर्गिय संगठनको एकता अझै हुन सकेको छैन् ।

अध्यक्ष मण्डलको बैठकले विविध कारणवश राजपा नेपाल बाट अलग भएका वा रहेका नेता, कार्यकर्तालाई राजपामा फर्किन आह्वान गरेको छ । साथै अधिकार प्राप्तिको संघर्षमा योगदान दिन चाहनेलाई पार्टीमा आबद्ध हुन सार्वजनिक अपिल समेत बैठकले गरेको छ ।

यसैगरी बैठकले राजपा नेपाल प्रदेश २ को प्रदेश सभा, संसदीय दलको विधानः २०७५ परिमार्जन सहित स्विकृत गरेको छ ।