Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

नेकपा एकता टुंगो नलाग्दै सकियो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पार्टीको तल्ला कमिटीको एकता टुंगो नलगाउँदै सकिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा दुई दिन देखी जारी बैठक एकताको टुंगो नलाग्दै बिहिबार सम्पन्न भएको छ । बैठकमा वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेताहरुले पार्टी एकतामा एकलौटी गर्न खोजिए पछि मापदण्ड निर्माण गरेर टुंगो लगाउँने निर्णय गर्दै बैठक सम्पन्न भएको हो ।

नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले देखिएको बिबाद समाधान गर्दै मापदण्ड बनाउँने जिम्मेवारी पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई दिईएको बताए । दुबै नेताले मापदण्ड निर्माण गर्ने र अन्तिम टुंगो अगामी स्थायी कमिटी बैठकमा छलफल गरिने बताईएको छ ।

तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् । एकता घोषणा सभामा तीन महिना भित्रमा सबै कमिटीको टुंगो लगाउँने उदघोष शिर्ष नेताहरुले गरेका थिए ।

पार्टी सचिवालयले यस अघि नै बिभिन्न कार्यदलहरु गठन गर्दै पार्टीको प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकताका लागि प्रतिबेदन तयार गर्न जिम्मेवारी दिएको थियो । कार्यदलले पार्टी महासचिव बिष्णु पौडेललाई प्रतिबेदन बुझाइ पछि सो प्रतिबेदन बैठकमा प्रस्तुत गरिएको छ ।

तर ति प्रतिबेदनहरुमा असहमती जनाउँदै पार्टीका वरिष्ठ नेताद्धय नेपाल र खनाल सहितका नेताले सच्याउँन दबाब दिएपछि एकता टुंगो नलाग्दै बैठक सम्पन्न भएको छ । प्राप्त प्रतिबेदनको अध्ययन गर्दै मापदण्ड बनाएर एकिकरण गर्ने र त्यसलाई पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने निर्णय बैठकले गरेको छ ।

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि मापदण्ड बनाउँनुपर्ने माग पार्टीमा उठदै आएको छ ।