Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

देशैभरी संबिधान दिवसको भव्य तयारी, मधेसमा ब्ल्याक आउँट सहित बिरोधका कार्यक्रम हुने

३ असोजमा सबै जिल्लामा दिउँसो बिरोध प्रदर्शनका साथै बिरोध सभा गर्ने, साझ ७ बजे देखी सवा ७ बजेसम्म ब्ल्याक आउट (बति निभाउँने) यसका साथै जिल्लाले बिरोधका थप कार्यक्रम आफै तय गरेर कार्यान्वयन गर्न सक्ने राजपा नेपालको निर्णय ।

सुभाष साह

संबिधान जारी भएको खुशीमा देशैभरी ३ असोजमा संबिधान दिवस मनाउँने निर्णय भए पनि सो दिनमा प्रदेश २ सहित मधेसका जिल्लामा बिरोध कार्यक्रम हुने भएको छ । संघीय सरकार, प्रदेश सरकारहरुले ३ असोजमा भव्य कार्यक्रम गर्दै संबिधान दिवस मनाउँने तयारी गरे पनि प्रदेश २ सरकारले बिरोध कार्यक्रममा सहभागि हुने जनाएको छ ।

प्रदेश २ को सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ३ असोजमा मधेसमा बिरोध कार्यक्रम गर्ने भएपछि त्यहाँ संबिधान दिवस अन्योलमा परेको छ । संबिधान संशोधनको माग गर्दै बिगतमा आन्दोलन गर्दै आएका दुबै दलले अहिले पनि दबाब दिदै आएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ३ असोजमा संबिधान दिवस मनाउँने कुनै निर्णय प्रदेश सरकारले नगरेको बताए । फोरम नेपालका उपाध्यक्ष समेत रहेका राउतले पार्टीले आयोजना गर्ने बिरोधका कार्यक्रममा सहभागि हुने की नहुने भन्ने प्रश्नमा कुनै किसिमको कमेन्ट नभएको बताए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले पार्टीले आयोजना गर्ने बिरोधका कार्यक्रममा सहभागि हुने बताईन् । प्रदेश २ मा फोरम नेपाल र राजपा नेपालको गठबन्धन सरकार रहेको छ । तर दुबै दलले संबिधान दिवसको सटा बिरोध दिवस मनाउँने तयारीमा जुटेका छन् ।

‘पार्टीले आयोजना गर्ने बिरोधका कार्यक्रममा सहभागि हुन्छौं, हामीले बिरोध गर्नु भनेको त्रुटिपुर्ण संबिधान सच्याउँनका लागि हो’ यादवले भनिन्, ‘संबिधान संशोधन नहुन्जेल सम्म हामी संबिधान दिवस नभई बिरोध दिवसका साथै बिगतका आन्दोलनलाई निरन्तर्ता दिनेछौं ।’

फोरम नेपाल प्रदेश २ को कोषाध्यक्ष समेत रहेकी राज्य मन्त्री यादवले बिगत लामो समय देखी आन्दोलन एवं दवाव मुलक कार्यक्रम गर्दै संशोधन गर्न भनिए पनि संबिधान संशोधन नभएकाले बिरोधका कार्यक्रम सरकारमा रहे पनि नरहे पनि जारी नै रहने बताईन् ।

प्रदेश सरकारमा सहभागि भएको र संघीय सरकारलाई समर्थन गरेको राजपा नेपालले ३ असोजमा बिभिन्न बिरोधका कार्यक्रम सार्वजनिक गरेको छ । मधेस बिरोधी संबिधान जारी भएको भन्दै बिरोध दिवस मनाउँने राजपा नेपालले निर्णय गरेको छ ।

फोरम नेपाल संघीय सरकारमा सहभागि छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधान एवं स्वास्थ्य मन्त्री छन् । फोरमकै अर्का नेता इस्तयाक राई शहरी तथा बिकास मन्त्री रहेका छन् । तर फोरमले नै प्रदेश २ मा बिरोधका कार्यक्रम गर्ने जनाएको छ ।

राजपा नेपाल अध्यक्ष मण्डलको मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सबै जिल्लामा बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संबिधानमा रहेका त्रुटिलाई सच्याउँन दवाव दिने उदेश्यले बिरोधका कार्यक्रम गर्ने निर्णय भएको बताए ।

‘संबिधान संशोधनका लागि प्रधानमन्त्रीले आश्वासन दिए पछि संघीय सरकारलाई हामीले समर्थन गरेका हौं, प्रदेश २ मा बहुमत भएकाले आफैले सरकार निर्माण गरेका छौं’ यादवले भने, ‘संबिधान संशोधनका लागि दबाब दिने उदेश्यले बिरोधका कार्यक्रम गर्न लागेका छौं ।’

राजपा नेपालका महासचिव केशव झाले ३ असोजमा सबै जिल्लामा दिउँसो बिरोध प्रदर्शनका साथै बिरोध सभा गर्ने, साझ ७ बजे देखी सवा ७ बजेसम्म ब्ल्याक आउट (बति निभाउँने) यसका साथै जिल्लाले बिरोधका थप कार्यक्रम आफै तय गरेर कार्यान्वयन गर्न सक्ने पार्टीको निर्णय रहेको बताए । पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नका लागि राजपा नेपालले मंगलबार नै सबै जिल्ला कमिटीलाई बिशेष सर्कुलर जारी गरेको छ ।

संबिधानमा रहेको त्रुटि सच्याउँनुपर्ने माग गर्दै बिगतझै ३ असोजमा बिरोधका कार्यक्रम गरिने फोरम नेपालका महासचिव रामसहाय यादवले बताए । पार्टीले बिरोधका कुनै कार्यक्रम निर्णय नगरे पनि पार्टीका नेताले बिरोधका कार्यक्रम गर्ने उनले बताए ।

‘हामी ३ असोजमा बिरोधका कार्यक्रम गर्छौं, संबिधान संशोधनका लागि बिरोध दिवशकै रुपमा मनाउँछौं’ महासचिव यादवले भने, ‘पार्टीले कुनै निर्णय नगरे पनि नेताले गर्ने कार्यक्रम नै पार्टीको निर्णय सरह हुने हो, संबिधानमा रहेका त्रुटि सच्याउँन बिरोधका कार्यक्रम हुन्छ ।’

राजपा नेपाललका महासचिव अजय गुप्ताले पार्टीले गर्ने हरेक निर्णय कार्यान्वयन गरिने बताए । गौर नगरपालिकाका मेयर समेत रहेका गुप्ताले पार्टीको निर्णय सबै नेताले कार्यान्वयन गर्ने बताए । संबिधान संशोधनका लागि हुने बिरोधका कार्यक्रम भव्यरुपमा सम्पन्न गर्ने उनले बताए ।

सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने र सरकारमा पनि सहभागि नहुने बताउँदै गुप्ताले आफुहरुले उठाउँदै आएको माग संशोधन, झुठा मुद्धा फिर्ता लगायतका माग सम्बोधन नभए सम्म आन्दोलनका कार्यक्रम जारी नै रहने चेतावनी दिए ।

यता राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले पार्टीको संगठन निर्माणसंगै पार्टी महाधिबेशनको तयारीका लागि सबै जिल्ला कमिटीलाई तयारीमा जुटन बिशेष सर्कुलर जारी गरेको छ ।