Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

वरिष्ठ नेताद्धय नेपाल र खनालको असहमति पछि सांगठानिक एकताका लागि मापदण्ड बनाउँने तयारीमा नेकपा

सुभाष साहं

नेपाल कम्युनिष्ट पार्टीले तल्ला कमिटीका एकिकरणका लागि मापदण्डका बिषयमा छलफल शुरु गरेको छ । तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा गत ३ जेठमा एकिकरण भए पनि तल्ला कमिटीका साथै जनवर्गीय संगठनहरुको एकता अझै हुन सकेको छैन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टी सचिवालय बैठकले सांगठानिक एकताका लागि मापदण्डका बिषयमा छलफल शुरु गरेको छ । पार्टी सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रदेश, जिल्ला, जनवर्गीय संगठनहरुको एकताका लागि मापदण्डका बिषयमा छलफल शुरु भएको बताए ।

‘पार्टीले गठन गरेका बिभिन्न कार्यदलले बुझाएको प्रतिबेदन बैठकमा प्रस्तुत भयो, सांगठानिक एकताका लागि मापदण्डका बिषयमा छलफल शुरु भएको छ’ श्रेष्ठले भने, ‘भोली (बिहिबार) पुन बैठक बस्ने गरी आजका लागि बैठक स्थगित भयो ।’

पार्टी सचिवालयले यस अघि नै बिभिन्न कार्यदलहरु गठन गर्दै पार्टीको प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकताका लागि प्रतिबेदन तयार गर्न जिम्मेवारी दिएको थियो । कार्यदलले पार्टी महासचिव बिष्णु पौडेललाई प्रतिबेदन बुझाइ पछि सो प्रतिबेदन बैठकमा प्रस्तुत गरिएको छ ।

तर ति प्रतिबेदनहरुमा असहमती जनाउँदै पार्टीका वरिष्ठन नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले सच्याउँन दबाब दिदै आएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको आरोप लगाउँदै तत्कालिन एमाले भित्र तिब्र बिबाद देखिएको छ ।

प्राप्त प्रतिबेदनको अध्ययन गर्दै मापदण्ड बनाएर एकिकरण गर्ने र त्यसलाई पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताए ।

प्रदेश, जिल्ला, जनसंगठनहरुको एकताका लागि गठन भएको कार्यदलले दिएको प्रतिबेदन ‘भद्रगोल’ र ‘बिवादित’ देखिएकाले सो समस्या समाधानका लागि मापदण्ड बनाउँनुपर्ने माग वरिष्ठ नेताद्धय नेपाल र खनालको रहेको छ ।

काठमाडौमा असन्तुष्ट पक्षले समानान्तर कमिटी सिफारिस गरेको छ भने गण्डकी प्रदेशले कार्यदलको सहमतिमै दुई वेग्लावेग्लै कमिटी सिफारिस गरेको छ ।

काठमाडौं, बाके, अर्घाखाची, दाङ्ग, ललितपुर, भक्तपुर, रुपन्देही, मुगु, पाल्पा, रोल्पासहितका दर्जनौं जिल्लामा बिबाद देखिएको छ । असन्तुष्ट पक्षका नेताहरुले पार्टी शिर्ष नेतालाई भेटेर समस्या समाधानका लागि अनुरोध गर्दै सच्याउँन माग गरेका थिए ।