Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

बारामा भव्यताका साथ सुरु भयो गणेश चतुर्थी

श्याम गुप्ता

तीज तथा गणेश चतुर्थीको शुभ अवसरमा बाराको विभिन्न स्थानमा विहिवार देखि भव्य गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ । जिल्लाको जीतपुर , परवानीपुरमा भव्यताका साथ श्री गणेश चतुर्थीको अवसरमा गणेश पूजाको आयोजना गरिएको हो ।

बिगतका वर्ष झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित गौशालाको फिल्डमा भव्य रुपमा पाँच दिने गणेश पूजा सुरु गर्नुका साथै मेलाको पनि आयोजना गरिएको छ ।

पुजाको पहिलो दिन विहिवार विहान शोभा यात्रा निकालिएको छ । श्री सिद्धि विनायक पूजा समितिका अध्यक्ष मनोहर साह सोनारको अध्यक्षतामा निकालिएको शोभा यात्रा हात्ती , घोडा र बाजागाजाका साथ जीतपुरको मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , टेंढारोड केराढोका लगायतको विभिन्न स्थानको परिक्रमा गरि पुन : महोत्सव स्थलमा फर्किएको थियो । भने शोभा यात्रा विभिन्न राजनितिक दल लगायत स्थानीय विभिन्न क्लबका पदाधीकारी सहिँत हाजारौं जना श्रद्धालु भक्तजनहरुको सहभागिता निकालिएको थियो ।

सो पुजाका आचार्य पवनेश शास्त्रीका साथमा अन्य आचार्यहरुद्धारा मंत्रको उच्चारण गर्दै पूजा गराई गणेश भगवानको प्रतिमूर्तिको स्थापना गरी पुजाको शुभारम्भ भएको हो ।

आज कै दिन श्री गणेश भगवानको जन्म भएको हुँना जन्मोत्सवको रुपमा आजको दिनबाट पाँच दिनका लागि विश्व भर श्री गणेश चतुर्थी महोत्सव मनाउँने गरिएको छ । कुँनै पनि शुभ कार्यको सुरुवात श्रीगणेश भनेर गर्दा शुभ हुँने धार्मिक विश्वास रहेको आचार्य पवनेश शास्त्रीले बताए ।

विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको पुजाको मुख्य आकर्षणको रुपमा गणेश भगवानलाई भोग चढाइँने दुई सय २१ किलोको लड्डु रहेको छ । भने पुजा महोत्सव अवधि भरका लागि सो क्षेत्रमा खेल तमासा , भजन किर्तन , विभिन्न स्टल , मेला सहिँतको व्यवस्था गरिएको पुजा समितिका सचिव श्रीराम साह कानुले बताए ।

त्यस्तै जिल्लाको परवानीपुरमा पनि विहिवार विहान शोभा यात्रा निकाली नगरको परिक्रमा गरी पुन : पुजा स्थलमा फर्केर विधिवत पूजामा परिणत भएको थियो ।