Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

वार्ता गर्न गएको बेला उपमेयर माथि हांतपांत

मुकेश यादव

महागढीमाई नगरपालिका बरियारपुरका उपमेयर तारा देवी कानु माथि बिहिबार मध्यान्ह हांतपांत भएको छ ।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि आग्रह गरेको बेला हांतपांत भएको छ ।

उपमेयर कानुमाथि विद्यार्थीहरुको आंडमा केही व्यक्तिहरुले गढीमाई मन्दिर नजिक हांतपांत गरेका छन । विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले काज सरुवा भएको शिक्षक मनोज साह गोंढलाई फिर्ता गर्न मांग गर्दै वितेको मंगलबार विद्यालयमा आगजनी, तोडफोड गर्दै आन्दोलनमा उत्रेका हुन । गढीमाई मन्दिर नजिक विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरिरहेको बेला वार्ता समिति बस्दा समेत विद्यार्थीहरु नआएपछि विद्यार्थीहरुलाई वार्तामा बस्नको लागि उपमेयर कानुले आग्रह गर्न जांदा विद्यार्थीसंगै रहेका केही व्यक्तिहरुले हांतपांत गर्दै दुव्र्यवहार गरेका थिए ।

उपमेयर माथि विद्यार्थीहरुको आडमा केही व्यक्तिहरुले हातपांत गर्दै दुव्र्यवहार गरेको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए । उपमेयर माथि हातपांत गर्दै दुव्र्यवहार गर्नेलाई पहिचान गरी कानुनी कारवाही गर्ने प्रजिअ भट्टराईले बताए । विद्यार्थीको मांग पुरा हुने बेलामा पनि विद्यार्थीहरुलाई उचालेर केही व्यक्तिहरुले आफनो निजि स्वार्थ तर्फ लागेको हुन सक्ने केही खुल्न आएको भट्टराईले बताए ।

विद्यार्थीहरुले वितेको मंगलबार विद्यालयमा आगजनी गर्दै तोडफोड गरेपछि नगरपालिकाले वडा नं. १ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा १७ सदसिय छानबिन तथा समन्वय समिति गठन गरेको थियो । आन्दोलित विद्यार्थीहरु र विद्यार्थीहरुसंग रहेका केही व्यक्तिहरुले बरियारपुर बजार, ईनर्वा बजार बन्द गराएका छन ।

विद्यार्थीहरुले मांग राखी गरेको आन्दोलनको लागि छानबिन तथा समन्वय समिति गठन गरेको र समितिले दिएको प्रतिवेदन अनुसार मांग पुरा गर्ने सार्वजनिक रुपमै पटक पटक प्रतिबद्धता दिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

कक्षा १० का एक सय आठ जना विद्यार्थी र तिनका अभिभावकहरुलाई विद्यालयबाट पत्राचार गरी छलफलमा बोलाईएको नगर प्रमुख यादवले बताए । विद्यार्थीहरु आन्दोलित भएपछि आफुले आन्दोलनको दिन देखि नै विद्यार्थीहरुको मांग पुरा गर्ने आश्वासन दिंदै आएपनि विद्यार्थीको नाममा केही व्यक्तिहरुले राजनितिकिरण गर्न खोजेको बताए ।