Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

शिक्षक सरुवाको बिरोधमा दोश्रो दिन पनि बिरोध प्रदर्शन तथा बजार बन्द

नरेश गुप्ता

बाराको महागढीमाई १ स्थित रहेको श्री गढीमाई महेन्द्र नमुना प्राबिधिक बिधालयमा अध्यनरत बिद्यार्थीहरु आज दोस्रो दिन शिक्षक सरुवाको विरुद्धमा बरियारपुर बजार बन्द गरि प्रदर्शन गरेका छन । बिधालयमा कार्यरत शिक्षक मनोज साह गोढको काज सरुवा भोला उच्छ मा बि गन्जभवानिपुरमा गरेको विरुद्धमा बिद्यार्थीहरु आन्दोलनरत रहेका छन ।

मगलबार बिहानै ११ बजे देखि बिद्यार्थीहरु नगर प्रहरीले छात्राहरुमाथी गरेको अभद्र ब्यवहार र शिक्षक मनोज साह गोढको काज सरुवा फिर्ता माग गर्दै बिधालयमा तोडफोड र आगजनी गरेका थिए । यता महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बुधबार बिधालयमा पुगि बिधालयमा भएको तोडफोड र आन्दोलनरत विद्यार्थीको सम्स्याको बारेमा स्थलगत अवलोकन गरेका छन। नगर प्रमुख उपेन्द्र यादवले घटनाको बिषयमा सत्य तथ्य पता लगाई दोशी माथी कार्वाहीको प्रक्रिया अघि बढाउन १७ सदिस्य छनबिन समिती गढन गरेको वहाले जानकारी गराए ।

छानबिन समितिको संयोजकमा महागढीमाई नपा १ को वडा अध्यक्ष सुदामा साह कानु रहेका छन भने सद्स्यहरुमा शिक्षा समिती संयोजक शसिकान्त मिश्र , बिधालयको प्रधानाध्यापक रामएकबाल साह , बिधालय ब्यवस्थापन समिती अध्यक्ष दिप प्रकाश गुप्ता ,हकमोदिन अंशारी ,प्रहरी चौकी बरियाचौकीको प्रहरी सहायक निरीक्षक ललन राय यादव ,शस्त्र प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठ , सन्तु जैसवाल लगायत छानबिन समितिमा रहेको नगर प्रमुख यादवले जानकारी गराउनु भयो ।

नगर प्रमुख उपेन्द्र यादवले आन्दोलनरत बिद्यार्थीले उठाएको जायज मागहरु आफुले पूरा गर्ने आश्वासन दिनु भयो ।