Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

सिमरा विमानस्थलमा रात्री उडान सेवा सुरु हुने

श्याम गुप्ता

तयारी भएको लामो समय पछि बाराको सिमरा विमानस्थलले रात्री उडान सेवा सञ्चालनमा ल्याउँने भएको छ । झण्डै दुई वर्षको तयारी पछि २०७१ पौष महिनमा परिक्षण उडान समेत गरेको विमान स्थलले ढिलै भए पनि यहि भदौ ३१ गते देखि रात्री उडान सेवा सुरु गर्ने भएको हो ।

देश कै ठुलो औद्योगिक तथा व्यापारीक क्षेत्रमा रहेको सिमरा विमान स्थलमा तैयारी भएको चार वर्ष पछि अब रात्री उडान हुँने विमान स्थल कार्यालय सिमराले जनाएको छ ।

२० करोडको लागतमा चार वर्ष अघि सिमरा विमान स्थलमा रात्रीकालिन नियमीत उडान र अवतरणका लागी भौतिक पूर्वाधारको संरचना तैयारी परिएको थियो । तर , रात्री उडानको लागि विमान स्थलमा विमान कम्पनीहरु ईच्छा नदेखाएको कारण रात्री सेवा प्रयोग विहिन रहेको थियो ।

अर्को साताबाट दिवा उडानको अलवा बुद्ध एयरले सिमरा विमानस्थलमा नियमित तीन वटा रात्री उडान सेवा शुरु गर्ने भएको छ । हाल बुद्ध एयरले दैनिक ६÷७ र नेपाल एयर वेजले एउटा दिवा उडानको सेवा दिदै आएको छन् । हाललाई यस बिमानस्थलमा बुद्ध एयरले नैं नियमित रात्री उडान गर्न सक्ने विमान स्थल कार्यालयका प्रमुख हिराजन काफ्लेले बताए ।

बारा , पर्सा , रौतहट , सर्लाही र मकवानपुर जिल्लाको केन्द्र बिन्दुको रुपमा रहेको यो विमानस्थलमा साँझ ६ः३० देखि राती ८ः२० बजे सम्म उडान हुँने छन् । रात्री उडानको लामो प्रतिक्षा गरिरहेका यस क्षेत्रका उद्योगी , व्यवसायी , भारतीय पर्यटक र सर्वसाधारण समेतलाई रात्री उडान पछि राजधानी आवत–जावत गर्न सहज हुँने छ । यस विमान स्थलमा छिमेकी राष्ट्र भारतको बिहारबाट देशको राजधानि काठमाण्डौँ जाने यात्रुको संख्या पनि बढेको पाईएको छ ।

काठमाडौँ। त्रिभुवन विमान स्थलबाट सबै भन्दा नजिक रहेको यस विमान स्थललाई असाहज परिस्थितिमा विकल्पका रुपमा प्रयोग गर्न सकिने हुँदा पनि सिमरा विमानस्थलको रात्री उडान महत्वपुर्ण मानिएको छ ।

उडानलाई निरन्तरता दिनका लागि एयरपोर्टमात्र सुविधा सम्पन्न भएर नपुग्ने हुँदा यात्रुहरुलाई गन्तव्यबाट आवत–जावतका लागि यातायातका साधनहरु संगसंगै शान्ति सुरक्षाको उचित प्रवन्ध हुँन जरुरी रहेको सिमरा विमानस्थलका प्रवन्धक हिराजन काफ्लेले बताए ।

चार्ड पर्व नजिकिदै गरेको बेला यो रात्री उडान सेवा सुबिधाले यस भेकका जनतालाई यातायातमा थप सहजता आउँने देखिन्छ ।