Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

नगरको विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको : मन्त्री साह

नगरपालिकाको कुस्तीले नाम चिनाउने विश्वस्त रहेको : नगर प्रमुख यादव

प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नगरपालिकाको सर्वाङ्गीग विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

महागढीमाई नगरपालिका बरियारपुरले नगरपालिकाको प्राङ्गनमा आयोजित नगर स्तरिय अस्पताल शिलान्यास तथा कुस्ति प्रशिक्षण केन्द्रको उद्दघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले पर्यटकिय नगरीको रुपमा रहेको यस नगरपालिकालाई प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताए ।

गढीमाई माताले विश्वमा नै यो नगरपालिकालाई चिनाएकोले यसको विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मन्त्री साहले भने शिलान्यास गरिएको अस्पतालको बहुवर्षिय योजना अन्र्तगत निमार्ण गर्ने छ ।

नगरपालिकाको प्राङ्गनमा उद्दघाटन गरिएको कुस्ती प्रशिक्षण केन्द्रले मधेशको संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय, अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्नमा सहयोग मिल्ने मन्त्री साहले बताए । सम्पुर्ण दलहरुले नगरपालिकाले गर्ने विकासमा कांधमा कांध मिलाएर अगाडी बढनुपर्नेमा जोड दिएका थिए । उनले अख्तियार दुरुपयोग आयोगलाई धन उपयोग गर्नका लागि बनाईको भन्दै टिप्पणी गर्दै आफु जनताको सेवक रहेको समेत मन्त्री साहले बताए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रमेश यादव, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सरकारले कृषिमा लगानी गर्न भनिरहंदा पनि बजेट थोरै मात्रामा विनियोज गरी कागजको टुक्रामा नै कृषिलाई समेत गर्न खोजेको टिप्पणि गरेका थिए ।

कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले प्रदेश नं. २ मा नै उत्कृष्ट नगरपालिका बनाउनमा संधै तत्पर रहेको बताएका छन ।

नगरपालिकाको राष्ट्रिय, अन्र्तराष्ट्रिय रुपमा नाम चिनाउनको लागि कुस्ती प्रशिक्षण केन्द्र सञ्चालन गरिएको भन्दै नगर प्रमुख यादवले नगरपालिकाका युवाको समुहहरु कुस्ती सिकाईने र नगरपालिकाको नाम चिनाउने बताए ।

कुस्ती सिक्नेहरुको लागि छ लाख बजेट विनियोजन गरिएको र कुस्तीलाई चाहिने आवश्यक थप बजेट समेत विनियोजन गर्ने बताए । अहिले कुस्ती सिक्नेहरुको लागि नगरपालिकाले प्रत्येक दिन एक गिलास दुध, अण्डा, फलफुल दिदैं आएको र यो प्रशिक्षण केन्द्र संधै भरीको लागि सञ्चालनमा ल्याईएको नगर प्रमुख यादवले बताए ।

नगर प्रमुख उपेन्द्र प्रसाद यादवको सभापतित्वमा सम्पन्न उद्दघाटन सत्रमा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत अमिता बज्राचार्यले गरेकी थिईन भने कार्यक्रमको सञ्चालन मुकेश यादवले गरेका थिए ।