Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

शिक्षक सरुवाको बिरोधमा तोडभोड तथा आगजनी

नरेश गुप्ता

बाराको महागढीमाई नगरपालिका १ स्थित रहेको श्री गढीमाई महेन्द्र नमुना प्राबिधिक बिधालयको बिद्यार्थीहरुले शिक्षक सरुवाको बिरोधमा बिधालयम मगलबार आगजनी र तोडफोड गरेका छन । बिधालयमा अध्यनरत कक्षा ८ ,९ , १० का बिद्यार्थीहरुले आज दिनभरी पठनपाठन अवरोध गरि बिधालय अगाडि प्रदर्शन गरेका थिए ।

बिधालयको शिक्षक मनोज साह गोढलाई महागढीमाई नपा ५ स्थित जनता माध्यमिक बिधालय कवही जब्दिमा दरबन्दी मिलान गरेको बिरोधमा बिद्यार्थी हरु प्रदर्शनमा उत्रेको बिधालयमा कक्षा १० मा अध्यनरत सरोज कुशवाहाले बताए ।

महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादव र शिक्षा समिती सबै यो सम्बन्धमा जानकारी गराउदा पनि कुनै पहल नगरिएको बिधार्थिहरुले आरोप लगाए । महागढीमाई नगरपालिकाको नगर प्रहरीले बिधालयको केहो छात्राहरुलाई कुटपिट र गाली गलोज दिई अभद्र ब्यवहार गरेको आरोप लगाउदै प्रदर्शनमा उत्रेको छन ।

बिद्यार्थीहरुको प्रदर्शनलाई समान्य बनाउन बिधालय प्रशासन तथा स्थानिय तहले अझै सम्म कुनै पहल अगाडि बढाएको छैन। बिधालयको राम्रो शिक्षक मनोज साह गोढ्लाई अन्यत्र सरुवा रोक्नु पर्ने र नगर प्रहरीले गरेको अभद्र ब्यवहारको कार्वाही गर्न बिद्यार्थीहरुले माग गर्दै प्रदर्शन गरिरहेको छन।