Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

निर्मला हत्या प्रकरणः बलात्कार छानबिनमा सदस्यकै प्रश्न

कञ्चनपुर । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् ।

अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – १५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५ दिन थपिएपछि उनले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । समितिमा प्रतिनिधित्व गर्ने पाँचजनामध्ये केसी मात्रै न्याय सेवाका अधिकारी हुन् ।

समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन् । समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन गरिसकेकाले समितिको म्याद थप्नै नहुने उनको अडान थियो ।

प्रहरीले दिलीपसिंह विष्ट र बम दिदीबहिनीलाई थुनामा राखेको छ । तर, छानबिनका क्रममा संकलन भएका तथ्यले वास्तविक अपराधी थुनाबाहिरै रहेको र यो प्रक्रिया लम्बिँदा उनीहरू उम्किन सक्ने तर्क उनले समितिमा राख्दै आएका थिए ।

समितिमा रहेका एक सुरक्षाकर्मीका अनुसार छानबिनका लागि थप समय माग्ने विषयमा केसीले विरोध गरेका थिए । वास्तविक अपराधी बलिया भएकाले प्रमाण पनि मेटाउन सक्ने भन्दै केसीले १५ दिनभित्र प्रतिवेदन दिनुपर्नेमा जोड दिएका थिए । तर, प्रतिवेदन नै लेख्न ढिला गर्ने र प्रमाण मेटाउन सहयोग गर्ने छानबिनमा आफू बस्न नसक्ने भन्दै उनले राजीनामा दिएका छन् ।