Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

मुस्लिम ब्रदरहुडका ७५ जनालाई मृत्युदण्ड

इजिप्ट। इजिप्टमा मुस्लिम ब्रदरहुडका ७५ जना नेता तथा कायैकर्तालाई मृत्युदण्डको सजाय सुनाइएको छ । साथै घटनामा सहभागी भएको आरोपमा अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाइएको छ ।

सन् २०१३ मा भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीद्वारा प्रदर्शनकारी मारिएको मुद्दाको सुनुवाइका क्रममा मुस्लिम ब्रदरहुडका नेतासहित ७५ कार्यकर्तालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

एमनेस्टी इन्टरनेशनलले उक्त सुनुवाइलाई पूर्ण रुपमा असमान तथा इजिप्टको संविधानको उल्लंघन भनेको छ । सजाय सुनाइएकाहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेको जस्ता सुरक्षासम्बन्धी मुद्दा लगाइएको छ ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोध प्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो ।

विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा ८ सय १७ जना मारिएका थिए । प्रदर्शनका क्रममा ४३ जना प्रहरी पनि मारिएका थिए । मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंकवादी संगठनको सूचीमा राखेको छ ।