Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

नेपालको लगातार दोस्रो जित

एसिया कप छनोट अन्तर्गत भएको चौंथो खेलमा नेपाल विजयी भएको छ । नेपालले सिंगापुरले दिएको १५२ रनको लक्ष्य २८.१ ओभरमा पूरा गरेको छ ।

१५२ रनको विजयी लक्ष्य पछ्याएको नेपाले २८ ओभरमा ६ विकेटको क्षतिमा पुरा गरेको हो । नेपालले सिंगापुरलाई चार विकेटले पराजित गरेसँग उसको फाइनल पुग्ने सम्भावना जिवित्तै छ । आजको जित सँगै नेपाल अकं तालिकामा चौंथो स्थानमा उक्लिएको छ ।

नेपालका लागि ओपनर अनिलकुमार साहले सर्वाधिक ४३ रन, सुभाष खकुरेल १४ र पारस खड्काले १२, ज्ञानेन्द्र मल्ल २९ रन बनाएर आउट भए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ बलमा ३३ रन र सागर पुनले १५ बलमा १४ रनको योगदान दिए ।

मलेलसयाका लागि एस विजयकुमार र ए कृष्ण २२, के सुब्रमनीयन र एसके स्वामीनाथनले ११ विकेट लिए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३–३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेको र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

आजको खेलमा नेपालका ललित राजबंशी प्लेएर अफ म्याच भएका छन् ।