Latest News from Terai Madhesh
ताजा खबर
मधेसीलाई उपेक्षित गरी राष्ट्र निर्माण हुन सक्दैन : अध्यक्ष ठाकुरमहोत्तरीबाट ५ लाख लुटेर फरार भएका ४ लुटेरा समातिएअन्तःशुल्क वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारले उठायो लक्ष्यभन्दा ८७ प्रतिशत बढी अन्तःशुल्कमहागढीमाई नपाले गढीमाई मन्दिरको सरसफाइ गरि संविधान दिवस मनाईयोविषाक्त मदिराबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ६ पुग्योनेबिसंघ बारा र ट्रेड युनियन काङ्ग्रेस बाराले मनायो गणेशमान स्मृति दिवसनिर्मला बलात्कार प्रकरण : दल भन्छन्, सरकार चुक्दै छयु-१९ एक दिवसीय खेलमा ७१ रनले हाऱ्यो नेपाल, गुम्यो तेस्रो स्थानमहागढीमाई नगरपालिकामा योग बिज्ञान शिविर शुरुसंविधान दिवस सरकारी खर्चमै संबिधानको बिरोध

प्रधानमन्त्री मोदीको हत्याको षड्यन्त्र भएकाे आरोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र रचेको भन्दै क्रान्तिकारी विचारधाराका लेखक तथा सामाजिक कार्यकर्ता वरवरा रावलाई महाराष्ट्र प्रहरीले पक्राउ गरेको छ ।

प्रधानमन्त्री मोदीको हत्या गर्ने षडयन्त्र रचेको र महाराष्ट्रको भिमा कोरेगावँ हिंसामा संलग्नता भएको आरोपमा रावलाई हैदराबादबाट पक्राउ गरिएको हो । हैदराबादमा रहेका रावका दुई जना छोरीको घरमा पनि महाराष्ट्र प्रहरीले छापा मारेको छ ।

मंगलबार नै अन्य ठाउँबाट समेत सामाजिक कार्यकर्ताहरुलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ । मुम्बईबाट वेरनोन जोञ्जालुइस र अरुण फरेरा, दिल्लीबाट गौतम नौलखा, फरिदाबादबाट सुधा भारद्वाजलाई गिरफ्तार गरिएको छ । एजेन्सी